शुभ बिहानी, आज चैत्र ३ गते चैत कृष्ण नवमी तिथी शुक्रबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको आज अरुलाई प्रभावित पारेर
काम बन्नेद देखिन्छ। रोकिएको धन हात पर्न सक्छ भने न्यायिक कार्यमा सफलता मिल्ला र
व्यापारमा राम्रै धनलाभ हुनेछ।
वृष – तपाईको आज स्वास्थ्य
सम्बन्धी चिन्ता बढ्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ सतर्क रहनु
होला। अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिने छ।
मिथुन – आज तपाईंको रमाइलो सफल यात्रा हुनेछ। ठीक समयमा सही निर्णय
लिन सकिनेछ र व्यवसायमा सफलता अनि आर्थिक सहयोग पनि मिल्नेछ।
कर्कट - कर्कट राशी हुनेहरुका लागी आज रोकिएका काम पुनः सुरु हुन सक्ने देखिन्छ। महिला वा मित्रहरुबाट विशेष
सहयोग मिल्नेछ। लाभदायक यात्रा होला तर
पुँजी बजार भने कमजोर नै रहला।
सिंह –तपाईलाई आज स्वादिष्ट
भोजनको विशेष अवसर मिल्नेछ। सवारी साधन खरिद गर्ने योग रहेको छ। आज पहेँलो रङ्गको
पहिरनले विभिन्न समस्याबाट जोगाउन सक्छ।
कन्या – आज कन्या राशीका तपइको स्वास्थ्यमा खर्च बढ्ने योग छ।
यात्रामा मालसामान हराउन सक्छ। सानातिना समस्यामा अल्झि रहनु पर्नेछ र शरीरमा
स्फूर्ति र उमङ्गको कमी आउला।
तुला –
तपाइको आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु
गर्ने समय रहेको छ। चलाखीपूर्ण तरिकाले कार्य सिद्ध हुनसक्छ। भाग्यले विभिन्न अवसरपनि
जुराउने देखिन्छ।
वृश्चिक - आज
एकपछि अर्को अवसर आउनाले मनमा प्रसन्नता छाउला। घरमा अतिथिको आगमन हुनेछ।
साथीभाइले पनि राम्रै सहयोग गर्नेछन।
धनु – आज तपाइको महत्त्वपूर्ण
कामको थालनी हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ। सामाजिक क्षेत्रमा
सफलता मिल्नेछ भने लक्ष्मी प्रसन्न हुने योग पनि रहेको छ।
मकर - मकर राशीका तपाइको आज जिद्दीपनाले
गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुन सक्छ। विपरीत वर्ग प्रति
आकर्षण बढ्नेछ,
तर साँझको समयमा साथीको सहयोग मिल्नेछ।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता
मिल्ने योग छ। प्रेमीको सुझाव अनुरूप कार्य सम्पन्न गर्न सकिनेछ।
मिन - तपाईको
आज रोकिएका काम पूरा हुन सक्छ। धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ। करियरको
क्षेत्रमा भने मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता