Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ २९ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | २९ भदौ २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल भदौ २९ गते, भदौ कृष्ण औंसी तिथी शुक्रबार । आज राष्ट्रिय बाल दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आत्मबलमा वृद्धि र सन्तुष्टि तथा प्रेमीको सहयोग प्राप्त होला। अतिथिको रूपमा सत्कार पाइनेछ। राज्यबाट सहयोग मिल्न सक्छ।

वृष – तपाइको आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्न सक्छ। आफूलाई कमजोर भएको अनुभूति होला। महत्वपूर्ण अवसर गुम्न सक्ला।

मिथुन - तपाईको आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता थप्नेछ। धार्मिक यात्राको हुने, नयाँ कार्यको योजना बन्ने र साहित्यिक क्षेत्रमा रुचि बढ्ने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विद्या तथा प्रतिष्पर्धामा सफल भइने, लगनशीलताले कामहरू अगाडि बढ्ने, प्रेमीको सहयोग पाइने र आत्मिक सन्तुष्टि मिल्ने समय छ।

सिंह – तपाईको आज कार्य सम्पादनमा सहजता होला। सामाजिक क्षेत्रमा सफलता मिल्ने र वैदेशिक कार्य अघि बढ्ने तथा कुटुम्बको सहयोग मिल्न सक्छ।

कन्या - कन्या राशीका तपाईको आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्ला, काम गर्दा सजग भएर गर्नुहोला। मन खिन्न हुने स्थिति आउला। अनावश्यक झमेलामा परिने सम्भावना छ।

तुला - तपाइको आज दाम, इनाम र प्रतिष्ठा कमाउने, स्वादिष्ट भोजन पाइने, शुभकार्यको चर्चा चल्ने र परिवारमा सुख सन्तोष छाउने समय छ।

वृश्चिक – तपाईको आज जोशजाँगर र हिम्मत बढ्ला। मनोरञ्जनमा सहभागी भइनेछ। बन्धु बान्धवबाट सहयोग पाइएला। पारिवारिक सद्भाव बढेर जानेछ।

धनु – तपाइको आज प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने र स्वादिष्ट भोजनको योग छ।

मकर - मकर राशीका तपाइको आज मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्ला। आम्दानीभन्दा खर्च ज्यादा हुने तथा टाढाको यात्रा पनि नगर्नु नै राम्रो होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज आफन्तको सहयोग प्राप्त होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। अचल सम्पत्ति हात पर्ने र शुभ समाचार सुन्न पाइने योग छ।

मिन – तपाइको आज परोपकारी कार्यमा संलग्न भइएला। धार्मिक तथा समाजसेवामा मन जानेछ। न्यायिक कार्यमा सफलता मिल्ने र शुभकार्यको चर्चा पनि हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप