Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख २९ गते शुक्रबारको राशीफल।

  •   ४ वर्ष अघि | २९ बैशाख २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल बैशाख २९ गते, जेठ कृष्ण सप्तमी तिथी शुक्रबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शुभकार्यको चर्चा हुने र नातागोता वा परिवारजनसँग भेटघाट समय छ, आँटेको र ताकेको कार्य पुरा होलान, प्रेममा मधुरता पनि  आउने छ।

वृष - तपाईले बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिने समय रहेकोछ। वित्तिय संस्थाबाट सहयोग पनि मिल्न सक्ला।

मिथुन - तपाईले आज सामान हराउने वा चोरी हुने सम्भावना रहेकोछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला। आत्मबल बढाएर काम गरेमा सफल भइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्ने र चिताएको कामले तीव्रता लिने समय छ। नयाँ कामको थालनी होला। वैदेशिक कार्य पनि अघि बढ्ने योग छ।

सिंह – तपाईको आज रमणीय र सुखद् यात्राको योग रहेको छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना समेत बन्ने र विपरीत वर्ग प्रति आकर्षण बढ्ने समय छ।

कन्या - कन्या राशीका तपाइँलाई आज साझेदारी र सट्टापट्टामा विशेष लाभ होला। नयाँ जिम्मेवारी पाइने र शुभकार्यको चर्चा हुनेछ, मनमा उत्साहका साथै बोली बिक्ने समय रहेकोछ।

तुला - आज तपाइको प्रेममा बाधाका साथै मन कमजोर हुनसक्छ। आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी आउने छ, तर आफन्तको साथ भने पाइएला।

वृश्चिक – तपाईको आज कीर्तिमानी काम गर्ने समय रहेकोछ। राजनैतिक कार्यमा सफलता मिल्ने र बन्धु बान्धवबाट सहयोग मिल्ने, तर शेयर बजारको लगानी भने कमजोर रहने योग छ।

धनु – तपाइले आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र साँझमा अधिक धन खर्च भने हुने योग छ।

मकर - मकर राशीका तपाईलाई आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने र घरमा अतिथिको आगमन हुने योग छ। पुरानो समस्या सुल्झाउन सकिएला। सन्तान सुख पनि मिल्ला।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज मनमा हर्ष, उमङ्ग र उत्साह आउला। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने र पारिवारिक सद्भाव बढ्ने तथा खर्च पनि बढ्ने समय छ।

मिन - तपाईको आज नयाँ कार्यको योजना बन्नु का साथै नजिकको व्यक्तिबाट आँटेको काम सफल भइएला। दैनिक कार्यमा प्रगति होला भने धार्मिक यात्राको योग पनि रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप