Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज भदौ १ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | १ भदौ २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल भदौ १ गते, साउन शुक्ल द्वितिया तिथी शुक्रबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज अरूलाई प्रभावित पारेर आफ्नो काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध होला। आयआर्जनका क्षेत्रमा सुधार आउनुका साथै पुनर्मिलनको योग पनि रहेको छ।

वृष  तपाइको आज मनमा दुबिधा उत्पन्न होला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त हुनेछन।

मिथुन - तपाईको घरमा आज अतिथिको आगमन होला। बोलीको भरमा कार्य सम्पादन हुने र आफन्तको प्रगतिमा मन रमाउनेछ भने शैक्षिक क्षेत्रमा सफलता मिल्ने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज रोकिएको अधुरो कार्यले पूर्णता पाउला। प्रेमीको सहयोग प्राप्त होला। परिवारमा सुख सन्तोष तथा नयाँ र शुभकार्यको चर्चा पनि होला।

सिंह तपाईको आज शुभ समाचार सुन्न पाइनेछ। कला र गलाको प्रभाव बढ्ने तथा मनमा हर्ष, उमङ्ग र उत्साह छाउनुका साथै वैदेशिक कार्य पनि अघि बढेर जानेछ।

कन्या - कन्या राशीका तपाईको आज स्वास्थ्य सम्बन्धी चिन्ता सताउनेछ। सौन्दर्यतामा धन खर्च होलारातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग दनेछ।

तुला - तपाइको आज आकस्मिक धनलाभ होला। महिला वर्गबाट सहयोग पाइएला। कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै पारिवारिक सद्भाव पनि बढ्ने समय छ।

वृश्चिक  तपाईको आज रमणीय र सुखद् यात्रा हुने, मनमा हर्ष, उमङ्ग र उत्साह रहने, अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिने योग छ।

धनु  तपाइको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। कला र गलाको प्रभाव बढेर जानेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त होला। रोमाञ्चक यात्रा पनि हुनसक्छ।

मकर - मकर राशीका तपाइको आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नु होला। आर्थिक लेनदेनमा सचेत रहनु जरुरी छ। साँझमा भने कहीँ कतैबाट शुभ समाचार सुन्न पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज श्रमदान गर्ने अवसर मिल्ला। कुनै कुराले मनमा शान्ति छाउला। प्रेममा सफलता प्राप्त होला। शुभकार्यको चर्चा पनि हुनेछ।

मिन – तपाइको आज न्यायिक कार्यमा सफलता पाइएला। आँटेको र ताकेको कार्य पुरा हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनुका साथै वस्त्र एवं अलंकार प्राप्ति होनसक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप