Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ १५ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | १५ भदौ २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल भदौ १५ गते, भदौ कृष्ण द्वितिया तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ला। सामाजिक काममा व्यस्त हुने समय छ।

वृष – तपाइको आज धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण होला। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम रहला। रोकिएका काम पुनः सुरु होला।

मिथुन - तपाई आज भाग्यले साथ दिनेछ। काम देखाएर अरूको मन जित्न सकिएला। परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज नाता कुटुम्बको आगमन होला एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना रहेको छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि पाइएला।

सिंह – तपाईको आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिएलान, तर आफन्तहरूको सहयोगले कामहरू बन्नेछ। पुनर्मिलनको योग पनि रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा पाइएला। परोपकारी कार्यमा संलग्न भइएला। रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय रहेको छ।

तुला - तपाइको आज परदेशी घर फर्कने हुनाले घरपरिवारमा रमाइलो वातावरण छाउला। परोपकारका क्षेत्रमा लगानीको र हर्ष, प्रसन्नता छाउने समय छ।

वृश्चिक – तपाईको आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय रहेको छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा दिनेछ। परोपकारी कार्यमा संलग्न भइएला।

धनु – तपाइको आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्ला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्ला। आम्दानीमा पनि कमी आउला।

मकर - मकर राशीका तपाइको आज वाणीमा कुशलता आउने दिन रहेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ला। यात्रा गर्ने अवसर पनि पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ। शेयर बजारबाट लाभ होला। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त होला।

मिन – तपाइको आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न होला। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप