Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख १५ गते शुक्रबारको राशीफल।

  •   ४ वर्ष अघि | १५ बैशाख २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल बैशाख १५ गते बैशाख शुक्ल अष्टमी  तिथी शुक्रबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज महत्त्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ। सानातिना समस्यामा अल्झिनु पर्ने होला। स्वास्थ्यमा समस्या आउने र अनावश्यक धन खर्च हुने समय छ।

वृष - तपाईको आज अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुने योग रहेको छ। दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ। धार्मिक र सांस्कृतिक कार्यमा मन जान सक्छ।

मिथुन - तपाईले आज गरेको कार्यमा सफलता हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज गरिएको कार्यमा सफलता हात लाग्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सक्नुहोला। वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने योग छ।

सिंह – तपाईले आज मनमा दुबिधा उत्पन्न हुने र अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने हुन सक्छ। शेयर बजार तर्फको कारोबारमा मन्दी आउने र कार्यमा व्यवधान आउन सक्छ।

कन्या - कन्या राशीका तपाइलाई आज घुमफिर र मनोरञ्जन हुनसक्नेछ। विशिष्ट व्यक्तिको साथ पाइएला भने राजनैतिक कार्यमा सफलता मिल्ने योग छ,  तपाईको आफ्नो क्रोध भाव बढेर जाला।

तुला - आज तपाइको रमणीय र सुखद् यात्राको योग रहेछ। सामाजिक क्षेत्रमा सफलता हात पर्ला। मनमा सहयोग भाव आउनेछ भने प्रेम सम्बन्ध पनि कसिलो हुने योग रहेको छ।

वृश्चिक - तपाईको आज प्रणयसम्बन्ध कसिलो हुने समय छ। एउटै कामबाट दोहोरो लाभ होला। दिनको उत्तरार्धमा अनावश्यक खर्च हुनेछ।

धनु - तपाइको आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहने छ। ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला। धार्मिक यात्रा हुनसक्ने सम्भावना रहेको छ।

मकर - मकर राशीका तपाईको आज चिताएको कामले तीव्रता लिने समय छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने र परिश्रमअनुसार उपलब्धि हुने समय छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछ भने शुभ कार्य र नयाँ ज्ञान सिक्ने मौका मिल्न सक्छ, परिवारमा सुख सन्तोष आउने छ।

मिन - तपाईको आज मन प्रसन्न हुनेछ, स्वादिष्ट परिकारको अवसर मिल्न सक्छ। महिला वर्गबाट विशेष सहयोग मिल्ने र परिश्रम अनुसार राम्रै प्रतिफल प्राप्त हुने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप