Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा रङ्गरोगन गरिदैँ

  •   १ वर्ष अघि | १ फाल्गुन २०८१, बिहिबार

फागुन १, काठमाडौँ। नेपालीहरु माझ अर्को प्रमुख दिन महाशिवरात्रि आउँदै छ । पशुपतिनाथ क्षेत्र महाशिवरात्रि नजिकिँदै गर्दा महाशिवरात्रिको तयारी स्वरुप विभिन्न कार्यहरु भइरहेको छ । यतिबेला पशुपतिनाथको मूल मन्दिर र आसपासका मन्दिरमा रङ्गरोगन र मर्मतसम्भार कार्य भइरहेको छ । रङ्गरोगन पछी मन्दिर परिसर चिरिच्याट्ट देखिएको छ ।

त्यस्तै पशुपति क्षेत्र परिसरका अन्य सम्पदामा पनि रङ्गरोगन गरिएको छ । मन्दिर तथा आसपासमा वेदरकोट प्राइमर लगाइ पर्खालमा रातो रङ लगाइएको छ । वर्ष भरमा पशुपति क्षेत्रमा मनाइने पर्वमध्ये महाशिवरात्रि पनि एक महत्वपूर्ण पर्व हो ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारीका लागि एक हप्ता अगाडिदेखि नै विशेष सफाइ पनि सुरु गरिसकेको छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ

  • न्युज बहार संवाददाता

थप