भदौ ६, भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा
आज चारै ढोका खोलिने भएको छ । आज भक्तपुरको सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव
मन्दिरमा मन्दिरका चारै ढोका खोलिनुका साथै आज भक्तजनले महादेवको शिला छोएर पूजा गर्न पाइने भएको
छ ।
भदौ ६ गते डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको थियो । डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज भदौ ६ गते भएकाले केदारनाथको शिर मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको जानकारी दिएका हुन ।
समितिले डोलेश्वरमा वर्षको
तीन दिन अक्षय तृतीया, महाशिवरात्रि र भदौ ६ गते मन्दिरको चारै ढोका खुला
रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।
- न्युज बहार संवाददाता