असार
१३, काठमाडौँ। अख्तियारको टोली पशुपतिनाथ मन्दिर परिसरमा पुगेको छ। आइतबार पशुपतिको
शिवलिङ्गबाट निकालिएको
जलहरी पुनर्स्थापित गर्न अख्तियारको टोली पशुपति परिसरमा पुगेको हो। जलहरी आज अपराह्नपछि पुनर्स्थापित गर्ने तयारी रहेको छ।
अख्तियारको टोली सहित आफूहरू अहिले पशुपति परिसर रहेको र अपराह्न ४ बजेपछि जलहरी पुनर्स्थापित गर्ने तयारी भइरहेको काठमाडौँ महानगरपालिका वडा नम्बर ८ का अध्यक्षले जनकारी दिएका छन।

आइतबार अख्तियारले अन्य २७ जना सम्बन्धित जनप्रतिनिधिसहितको रोहवरमा रहेर पशुपतिको शिवलिङबाट सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।
- न्युज बहार संवाददाता