Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दिल्ली क्यापिटल्स २० रनले विजयी

  •   २ वर्ष अघि | १९ चैत्र २०८०, सोमवार

चैत १९, काठमाडौँ । आइपिएल २०२४ मा दिल्ली क्यापिटल्ससँग चेन्नई सुपर किंग्स २० रनले पराजित भएको छ । आइतबार राति भएको खेलमा चेन्नईले १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सफल भएको हो ।

खेलको अन्त्य तिर पूर्वकप्तान महेन्द्रसिंह धोनीले १६ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेलेका थिए । उनले चार चौका र ३ छक्का प्रहार गरेका हुन । 

दिल्लीका लागि यसअघि डेविड वार्नर र ऋषभ पन्तको अर्धशतकीय पारी खेलेका थिए । दिल्लीले ५ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । कप्तान पन्तले ५१ र र वार्नरले ५२ रन बनाएका थिए ।

यस सिजनमा यो दिल्लीको पहिलो जीत हो भने चेन्नईको लागि यो पहिलो हार हो ।

  • न्युज बहार संवाददाता

थप