भदौ ५, काठमाडौँ । चार देशबीचको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले जित हासिल गरेको छ ।
नेपालले आज मलेसियामा भएको आफ्नो पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको छ ।
नेपालले १५.५ ओभरमा हङकङले दिएको ८५ रनको लक्ष्य ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
- न्युज बहार संवाददाता