फागुन २७, काठमाडौँ । नेपालले त्रिकोणात्मक शृङ्खला अन्तर्गत आज घरेलु टोली हङकङ प्रतिस्पर्धा गर्दैछ । आजको नेपाल र हङकङको खेल हङकङ स्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुदैँ छ । यो खेल नेपाली समयअनुसार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ ।
आजबाट पपुवा न्युगिनी, हङकङ र नेपाल सहभागी सिरिज सुरु हुन लागेको हो । यस त्रिकोणात्मक सिरिजमा फागुन २९ गते नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ भने फागुन ३० गते सिरिजको फाइनल खेल हुनेछ ।
त्रिकोणात्मक शृङ्खला त्यसअघि नेपालले हिजो मात्र हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित हुन पुगेको थियो ।
- न्युज बहार संवाददाता