असोज ४, काठमाडौँ । नेपाली टोली यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नै पराजित हुन पुगेको छ ।
बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई पाकिस्तानले १—० गोलले हराएको हो।
प्रतिस्पर्धात्मक बनेको दुई देशबिचको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो ।
- न्युज बहार संवाददाता