Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि यू-१९ एसिया कप क्रिकेट सुरू, नेपालले पाकिस्तानसँग खेल्दै

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

मंसिर २२, काठमाडौँ । आजदेखि यू-१९ एसिया कप क्रिकेट सुरू हुँदैछ।

आजदेखि संयुक्त अरब इमिरेट्स (दुबई)मा ८ देश सहभागी यू-१९ कप सुरू हुन लागेको हो।

आज सुरुवाती खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ। आजको यो खेल नेपाली समयानुसार बिहान सवा ११ बजे सुरु हुने छ । नेपाल दुबईको आइसिसी एकेडेमी ओभल-२ मा आफ्नो पहिलो खेलमा पाकिस्तानविरूद्ध मैदान उत्रिने छ। 

आज नै हुने अर्को खेलमा भारत र अफगानिस्तान खेल्नेछन । 

 समूह ‘ए’ मा नेपालसहित पाकिस्तान, भारत र अफगानिस्तान रहेका छन्। त्यस्तै समूह ‘बी’मा जापान, युएई श्रीलङ्का र बङ्गलादेश छन्।

नेपालका लागि यू–१९ एसिया कपको एक पटक विजेता पाकिस्तान र आठ पटक विजेता भारत एकै समूहमा रहेकाले चुनौतिपूर्ण रहेको छ ।

मंसिर २४ गते नेपालले आफ्नो दोस्रो खेल अफगानिस्तानसँग र मंसिर २६ गते समूहको अन्तिम खेल भारतसँग खेल्नेछ।

सेमिफाइनलमा समूहका दुई शीर्ष टिम पुग्नेछन् भने पुस १ मा फाइनल हुनेछ।

  • न्युज बहार संवाददाता

थप