असोज २५, काठमाडौँ । यू-१९ एसीसी प्रिमियर कपमा क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै विजयी सुरुवात गरेको छ ।
मलेसियाको वाईएसडी यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा नेपालले इरानलाई ३०.४ ओभरमा केबल ७९ रनमै अलआउट गरेको हो ।
नेपालले टस हारेर ब्याटिङ गर्दै ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो ।
- न्युज बहार संवाददाता