फागुन २२, काठमाडौँ । आज नेपालले
त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग खेल्ने छ । आजको सिरिजको
फाइनल खेल किर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ।
नेपालको कप्तानी रोहित पौडेल गर्दैछन ।
आजको खेलमा
जित हासिल गर्दै घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको
उपाधि नेपालले जित्ने लक्ष्य राखेको ।
२०२१ को
फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको
थियो ।
- न्युज बहार संवाददाता