Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिकोणात्मक टी-२० आई सिरिज : नेपाल नामिबियासँग २० रनले पराजित

  •   ३ वर्ष अघि | १५ फाल्गुन २०८०, मङ्लबार

फागुन १५, काठमाडौँ । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको छ ।

आजको खेलमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १८.५ ओभरमा १८६ रनमा अल आउट भएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाएको योगदान गरे पनि टिमलाई जित दिलाउन भने सकेनन् ।

निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।

  • न्युज बहार संवाददाता

थप