जेठ ३०, काठमाडौँ । नेपाल र श्रीलंकाबीचको आईसीसी टी २०
विश्वकप २०२४ खेल वर्षाको कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुबै टोलीले १-१ अंक
बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा
मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि नेपाली समयअनुसार आज बुधबार बिहान ५:१५
बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको हो ।
आजको म्याचको टस पनि
हुन सकेको थिएन। यसैबिच नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका
छन् । आजको खेलमा पनि नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति रहेको थियो ।
- न्युज बहार संवाददाता