पुस २८, काठमाडौँ
। नेपाली क्रिकेट टोली आईसीसी यू–१९ विश्वकप खेल्न हाल दक्षिण अफ्रिकामा रहेको छ । नेपाली
टोलिले आज शनिबार आफ्नो पहिलो औपचारिक अभ्यास खेल खेल्नेछ । नेपालले विश्वकप सुरु
हुनुअघि स्कटल्यान्डको यू–१९
टोलीसँग औपचारिक रूपमा पहिलो अभ्यास खेल खेल्न लागेको हो ।
नेपाली
समयअनुसार, नेपाल र
स्टकल्यान्डबिचको पहिलो अभ्यास खेल आज दिउँसो १:४५ बजे सुरु हुनेछ । सोही दिन अर्थात
आज नै अमेरिका र नामिबिया, पाकिस्तान
र दक्षिण अफ्रिका तथा भारत र अस्ट्रेलियाबिच
पनि अभ्यास खेल हुने छ ।
त्यसपछि यू–१९ विश्वकप जनवरी १९ तारिखदेखि सुरु
हुनेछ ।
- न्युज बहार संवाददाता