असोज २५, काठमाडौँ। नेपालले आजदेखि मलेसियामा सुरु हुने एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा आज इरानसँग खेलिरहेको छ।
युएसडी युकेएम ओभलमा समूह बी मा रहेको नेपाल र इरानबीचको खेल स्थानीय समय अनुसार बिहान साढे ९ बजे (नेपाली समय बिहान सवा ७ बजे) सुरु भएको हो ।
नेपालले आगामी डिसेम्बरमा हुने यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको छ ।
नेपालले आफ्नो पहिलो खेलमानै तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको छ ।
- न्युज बहार संवाददाता