असोज २६, काठमाडौँ । अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को छनोटमा लगातार तेस्रो जित हात पारेको छ ।
अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटमा पाराग्वेलाई १-० ले पराजित गरेको हो ।
निकोलस ओटामेन्डीले अर्जेन्टिनाका लागि खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भएको छ ।
लगातारको तेस्रो जितपछि अर्जेन्टिना ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।
- न्युज बहार संवाददाता