Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एसीसी इमर्जिङ टिम्स एसिया कपको शुरुवाती दुई खेल आज हुँदै, पहिलो खेल नेपाली अम्पायरले खेलाउँदै।

  •   ३ वर्ष अघि | २८ असार २०८०, बिहिबार

असार २८, काठमाडौँ । आज बिहीबारदेखि एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन समूह का अन्तर्गत पहिलो खेलमा दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेशका बिच प्रतिस्पर्धा हुँदैछ।

यी दुबै टोलीले आजको खेलमा आफ्नो टोली सहभागी गराएका छन् ।  नेपालका बुद्धिबहादुर प्रधान आज हुने खेलमा अम्पायरको भूमिकामा छन् ।

भारत र ओमानका अम्पायर पनि प्रधानसँगै उक्त खेलमा सक्रिय अम्पायरका भुमिकामा रहने छन् । हालसम्म प्रधानले ४४ एकदिवसीय खेलमा अम्पायर र एउटा एकदिवसीय खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । 

आज पहिलो दिन नै अफगानिस्तान र ओमानबीच पनि खेल हुँदैछ। पहिलो दिनको दुबै खेल अहिले जारी रहेको छ । बंगलादेशविरुद्धको खेलमा श्रीलंकाले ब्याटिङ गर्दैछ भने ओमानविरुद्धको खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गरेको छ ।

  • न्युज बहार संवाददाता

थप