काठमाडौँ ८ पुस, । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा अब निरन्तर सुनुवाइ गर्ने भएको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले आज आइतबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।
उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा अब बुधबार सुनुवाइ हुने छ । सोमबार र मंगलबार दुबै दिन सार्वजनिक विदा भएकाले बुधबार सुनुवाइ हुने भएको हो ।
जिल्ला अदालतको बन्द इजलासमा आइतबारदेखि मुद्दाको सुनुवाइ भएको हो ।
- न्युज बहार संवाददाता