Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण सुरु हुँदै

  •   ३ वर्ष अघि | ५ माघ २०८०, शुक्रबार

माघ ५, काठमाडौँ । शुक्रबारदेखि दक्षिण अफ्रिकामा आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण सुरु हुँदैछ । पहिलो संस्करण पटक अस्ट्रेलियामा सन् १९८८ मा आयोजना यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट वल्र्ड कप’ राखिएको थियो ।

आज शुक्रबार प्रतियोगिताको पहिलो दिन दक्षिण अफ्रिका र वेस्ट इन्डिज र अमेरिका र आयरल्यान्डबिच खेल हुनेछ । नेपालसहित १६ वटा टोलीको सहभागिता यू–१९ विश्वकपको १५औँ संस्करणमा रहेको छ भने प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘डी’ मा नेपाल परेको छ । 

जनवरी २१ तारिखमा नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल जनवरी २४ तारिखमा पाकिस्तानसँग खेल्नेछ । यसैगरी नेपालले जनवरी २७ तारिखमा तेस्रो खेल अफगानिस्तानसँग खेल्नेछ । 

  • न्युज बहार संवाददाता

थप