Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

टी –२० विश्वकप : टुँडिखेलमा प्रत्यक्ष प्रशारण हेर्न सकिने, मेयर बालेन शाह टुँडिखेलमा सहभागी हुने

  •   २ वर्ष अघि | २२ जेष्ठ २०८१, मङ्लबार

जेठ २२, काठमाडौँ । टी २० विश्वकप अन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौँ महानगरपालिकाले तीन ठाउँबाट प्रत्यक्ष प्रशारण हेर्न व्यवस्था गरेको छ ।

महानगरले काठमाडौँको टुँडिखेल तीनकुने र हाँडीगाउँमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको हो ।

महानगरका अनुसार खेल हेर्नका लागि टुँडिखेलमा ३० बाई १८ फिटको एलईडी स्क्रिन राखिने छ । ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा महानगरपालिकाले प्रत्यक्ष प्रसारण हेर्न मिल्ने गराएको हो ।

ओपन डोर इन्टरटेनमेन्टले मेयर बालेन शाह पनि टुँडिखेलमा हुने प्रत्यक्ष प्रशारणमा सहभागी हुने जनाएको छ । खेल सुरु हुनुअगाडि टुँडिखेलमा इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुति पनि रहने छ ।

  • न्युज बहार संवाददाता

थप