भदौ २९, काठमाडौँ
। श्रीलङ्का एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि अब
सह—आयोजक
श्रीलङ्का र भारतबीच भिडन्त हुने भएको छ ।
बिहीबार राति घरेलु मैदानमा श्रीलङ्काले ‘सुपर फोर’ चरणको रोमाञ्चक खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गरेपछी श्रीलङ्काले आफ्नो यात्रा फाइनलमा पुर्याएको हो ।
हिजोको निर्णायक खेलमा जित हात पारेसँगै श्रीलङ्का प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो । हिजोको खेलमा श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको थियो ।
यसअघि नै एसिया कपको फाइनलमा भारत पुगिसकेको छ। एसिया कप प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा हुदै छ ।
- न्युज बहार संवाददाता