जेठ १३, काठमाडौँ । आईपीएल २०२५को जारी सिजनमा भारतीय ब्याटर श्रेयर अय्यरको कप्तानीमा रहेको पञ्जाब किङ्सले ११ वर्षपछि आईपीएलको प्लेअफमा पुगेर शीर्ष २ मा स्थान बनाएको छ। यति मात्र हैन अय्यरको कप्तानिमा पञ्जाब किङ्सले यस सिजन क्वालिफायर १ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
यस सिजना उनले
कप्तानीसहित उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै आएका छन। त्यसैगरी उनले आईपीएल
इतिहासमा अहिलेसम्म कसैले पनि हासिल नगरेको कीर्तिमानी पनि हासिल गरेका छन। आईपीएल
इतिहासमा उनी तीन फरक टोलीको कप्तानी गरेर तीनै टोलीलाई शीर्ष दुई स्थानमा पुर्याउने
पहिलो कप्तान बनेका छन्।
सन् २०२० को आईपीएलमा उनको
कप्तानीमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा लिग चरण फिनिस गरेर फाइनलसम्मै पुगेको
थियो भने गत सिजन उनकै कप्तानिमा कोलकाताले उपाधि हासिल गरेको थियो । यस सिजन पनि
उनले पञ्जाबलाई फाइनलको नजिक पुर्याइसकेका छन् ।
- न्युज बहार संवाददाता