भदौ १३, काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाले एसिया कप क्रिकेट हेर्नका लागि आज दिउँसो २ बजेपछि बिदा दिएको छ।
बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेका छन ।
एसिया कप क्रिकेट प्रतियोगितामा आजदेखि सुरू हुन गइरहेको छ भने आज नेपालले पाकिस्तानसँग खेल्दैछ।
- न्युज बहार संवाददाता