जेठ १७, काठमाडौँ । दोस्रो पटक पनि काठमाडौँ स्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।
दूतावासले
आइसिसि टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारी गरिरहेका लामिछानेलाई भिसा
दिन अस्वीकार गरेको हो।
बिहीबार क्रिकेटर
लामिछाने भिसा प्रक्रियाका लागि दूतावास पुगेका थिए।
आज
दोस्रो पटक उनी पुन: अन्तर्वार्ताका लागि दूतावास पुगेका थिए ।
तर आज
पनि भिसा नदिएको भन्दै लामिछानेले सामाजिक सञ्जालमा लेखेका थिए।
- न्युज बहार संवाददाता