भदौ १९, काठमाडौँ । भलिबल राष्ट्रिय खेल भएर पनि
त्यस अनुसारको सुविधा पाउन सकेको छैन ।
भलिबललाई ६ वर्षअघि सरकारले नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । तर अहिलेसम्म पनि भलिबल खेल्नको लागी एउटा कभर्डहल छैन् । त्यसैगरी खेलाडीले पनि राष्ट्रिय खेल भएवापतको कुनै सेवा सुविधा र सहुलियत पाउन सकेका छैनन् ।
आज मंगलबार नेपाल भलिबल संघले नयाँ सुरुवात गरेको छ । नेपाल भलिबल संघले पुरुष र महिला राष्ट्रिय भलिबल टिममा रहेका १२-१२ खेलाडीलाई संघले मासिक तलब/भत्ता दिने घोषणा सहित पहिलो पटक तलब वितरण पनि गरेको छ ।
काठमाडौँमा मंगलबार पत्रकार
सम्मेलन गर्दै भलिबल संघले राष्ट्रिय टिमका २४ खेलाडीलाई मासिक ५ हजारका दरले तलब
उपलब्ध गराएको हो ।
- न्युज बहार संवाददाता