Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लगातार पाँचौँ जित हासिल गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लियो रोयल च्यालेन्जर्स बैंगलुरु

  •   २ वर्ष अघि | ३१ बैशाख २०८१, सोमवार

बैशाख ३१, काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले आईपीएलमा लगातार पाँचौँ जित हासिल गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिन सफल भएको छ । आइतबार राति भएको खेलमा बैंगलुरुले दिल्ली क्यापिटल्समाथि ४७ रनको शानदार जित हात पारेको हो ।

बैंगलुरुले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १९.१ ओभरमा १ सय ४० रनमा अलआउट भयो । कप्तान अक्षर पटेलले दिल्लीका लागि ३९ बलमा सर्वाधिक ५७ रनको योगदान दिएका थिए ।

यसअघि, पहिलो ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । बैंगलुरुका लागि रजत पटिदारले ३२ बलमा ५२ रनको योगदान दिएका थिए । 

  • न्युज बहार संवाददाता

थप