Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लखनउ सुपर जायन्ट्सद्वारा पञ्जाब किंग्स २१ रनले पराजित

  •   २ वर्ष अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । आईपीएल २०२४ को हिजो राती भएको खेलमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाई २१ रनले पराजित गरेको छ । लखनउका मयंक यादवले आफ्नो डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि लखनउले प्रस्तुत गरेको २ सय रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७८ रन मात्र बनाउन सफल भयो ।

पञ्जाबका तर्फबाट ओनपनरद्वय कप्तान शिखर धिवन र जोनी बेयर्स्टोले उत्कृष्ट सुरुवात दिलाउनुका बाबजुद पञ्जाब किंग्स २१ रनले पराजित हुन पुग्यो । दुवै ओनपनरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए ।

लखनउले यसअघि पहिले ब्याटिङ गरी निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९९ रनको योगफल बनाएको थियो । ओपनर क्विन्टन डी ककले लखनउका लागि सर्वाधिक ५४ रन बनाएका थिए । 

  • न्युज बहार संवाददाता

थप