भदौ १०, काठमाडौँ । पेरिस सेन्ट जर्मेनले किलियान एम्बाप्पेको दुई गोलको मद्दतमा लेन्समाथि सहज जीत हात पारेको छ । यो सिजन लिग वानमा साबिक विजेता टोलीको यो पहिलो जीत हो ।
पीएसजीलाई मार्को असेन्सियोले खेलको पहिलो हाफमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा एम्बाप्पेले सुरुवातमा नै गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका हुन ।
पीएसजीले यो खेल ३–१ ले जितेको छ ।
- न्युज बहार संवाददाता