Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु

  •   ३ वर्ष अघि | ५ पुस २०८०, बिहिबार

पुस ५, काठमाडौँ । आजदेखि काठमाडौँमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद (राखेप) को वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० ढाँचामा हुने खेलको व्यवस्थापन गरेको छ ।

प्रतियोगिता १४ दिनसम्म चल्नेछ । यस  प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी रहेका छन । यस  प्रतियोगिताका सबै खेलहरु मूलपानी र कीर्तिपुर र मैदानमा हुनेछन् ।

प्रतियोगिताको पहिलो दिन आज चार खेल हुँदैछन् । टीयू मैदानमा बागमती प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ । यो खेल बिहिबार बिहान साढे ९ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी मैदानमा एपीएफ र सुदूरपश्चिमबीच खेल हुनेछ ।

त्यसैगरी दिउँसो सवा १ बजे त्रिवि मैदानमा गण्डकी र लुम्बिनीबीच खेल हुनेछ भने सोही समयमा मूलपानी मैदानमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच खेल हुनेछ ।

  • न्युज बहार संवाददाता

थप