फागुन
२९, काठमाडौँ । मंगलबार आफ्नो दोस्रो खेलमा नेपालले पीएनजीलाई पराजित गरेको छ । हङकङमा
जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय
क्रिकेट शृङ्खलाको दोस्रो खेलमा पपुवान्युगिनी नेपालद्वारा ८५ रनले पराजित भएको हो ।
नेपालले टस
हारी पहिले ब्याटिङको गर्दा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रनको
लक्ष्य पीएनजीलाई दिएको थियो ।
यसको जवाफी
ब्याटिङमा ओर्लिएको पीएनजीले १६.१ ओभरमा अलआउट हुँदै एक सय १३ रनमात्र बनाउन सफल
भयो ।
- न्युज बहार संवाददाता