असोज ६, काठमाडौँ । पूर्वखेलाडी तथा राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित भएका छन् ।
निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई आज शनिबार भएको मतदानमा पराजित गर्दै सचिवमा पारस निर्वाचित भएका हुन् ।
कुल ८५ मतदाता रहेकामा प्रशान्तले ३७ र पारसले ४८ मत पाएका थिए । क्यानको बागमती प्रदेश क्रिकेट संघको पारस अध्यक्ष हुन् ।
- न्युज बहार संवाददाता