साउन
८, काठमाडौँ। पाकिस्तानको ‘ए’ टिमले भारतको ‘ए’ टिमलाई पराजित गर्दै एसिसी इमर्जिङ
टिम्स एसिया कपको उपाधि जितेको छ।
श्रीलंकामा आइतबार भएको फाइनलमा पाकिस्तानले भारतलाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।
पाकिस्तानले दिएको ३५३ रन लक्ष्य पछ्याएको भारत ४० ओभरमै २४० रनमा अलआउट हुन पुगे पछी पाकिस्तानले उपाधी चुमेको छ।
समूह चरणमा यसअघि भारतले पाकिस्तानमाथि जित निकालेको थियो।
- न्युज बहार संवाददाता