साउन ३२, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौँले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ।
पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले दिएको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिएका छन।
उनले भने ‘आजदेखि निरन्तर सुनुवाई गर्ने भनिएको मुद्दामा पीडितको उमेर सम्बन्धी कागजातमा उनकी आमाकै उमेर दुईवटा देखिएपछि पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो।’
- न्युज बहार संवाददाता