Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनएसएललला दुई खेल त्रिविको दीक्षान्त समारोहका कारण प्रभावित, आज खेल नहुने

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

पुस १, काठमाडौँ । दशरथ रंगशालमा भइरहेको नेपाल सुपर लिग (एनएसएल) २०२३ त्रिभुवन विश्वविद्यालय (त्रिवि)को दीक्षान्त समारोहका कारण प्रभावित भएको छ ।

पुस १  र २ गते रंगशालामा  त्रिविको दीक्षान्त समारोहका लागि माग भएकोले एनएसएलको खेल तालिका प्रभावित हुने भएको हो ।

एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले रंगशालामा त्रिविको कार्यक्रम हुने भएपछि दुई दिनको खेल तालिका परिवर्तन भएको जनाएको छ ।

आयोजकका अनुसार एनएसएल अवधिभरका लागि दशरथ रंगशाल बुक गरिएको तर त्रिभुवन विश्वविद्यालयको आग्रहलाई स्वीकार  गर्दै खेल तालिका परिवर्तन गरेको छ ।

आज १ पुसमा तय भएको खेल पछि सारेको र आज कुनै खेल नहुने आयोजकले जनाएको छ भने आज हुने भनेको काठमाडौँ रेजर्स र धनगढी एफसीबीचको खेल सोमबार साँझ ६ बजेका लागि सारिएको छ ।

  • न्युज बहार संवाददाता

थप