Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनपिएल : लुम्बिनी लायन्सको पहिलो जित

  •   २ वर्ष अघि | २५ मंसिर २०८१, मङ्लबार

मंसिर २५, काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग अन्तर्गत पहिलो जित निकालेको छ । लुम्बिनीले एनपीएलमा लगातार चार वटा खेलमा हार व्यहिरेपछी आज मंगलबार भएको खेलमा चितवन राइनोजलाई पराजित गरेको हो ।

लुम्बिनीले आजको खेलमा रोहित पौडेलको अलराउन्ड भूमिकामा जित निकाल्दा समर्थक तथा खेलाडीहरू उत्साहित देखिएका थिए ।

कप्तान रोहित पौडेलले आजको खेलपछि अझै दुई खेल बाँकी रहेको र त्यसलाई जित्न सके प्लेअफ सम्भावना अझै बाँकी रहेको जनाएका छन् ।

लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो।

लुम्बिनीले दिएको १६८ रन पछ्याएको चितवनले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सफल भएको थियो।

  • न्युज बहार संवाददाता

थप