असोज १४, चिन । १९औं एसियाली खेलकुदअन्तर्गत आज भएको
पुरुष क्रिकेटमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नेपालले आज
जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो
खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
माल्दिभ्सले नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको मा १९.४ ओभरमा ७४ रन बनाएर अलआउट भएको छ।
नेपालका फास्ट बलर अभिनाश बोहराले माल्दिभ्सलाई अलआउट गर्न सानदार
बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिएका छन ।
आजको खेलमा सन्दीप लामिछाने, गुल्शन झा, सोमपाल कामी
र कुशल भुर्तेलले माल्दिभ्सविरुद्ध एक/एक विकेट लिएका छन ।
अब नेपालले क्वाटरफाइनलमा , बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान र अफगानिस्तानमध्ये एक टिमसँग
खेल्नेछ ।
- न्युज बहार संवाददाता