भदौ १८, काठमाडौँ । मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा समूह ए बाट कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले कतारले दिएको ७५ रनको लक्ष्य १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गरेको हो । काजल श्रेष्ठले नेपालको जितमा सर्वाधिक ३२ रन बनाएकी छिन ।
नेपालको ४ खेलबाट ८ अंक छ भने नेपालले समूह ए मा लगातार चौथो जित हात पारेको छ ।
अब नेपालले बुधबार समूहको अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।
- न्युज बहार संवाददाता