साउन ४, काठमाडौँ । एसीसी वुमन्स एसिया
कपको पहिलो खलेमा नेपालले यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । आज भएको
खेलमा ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपालले महिला एसिया कप
इतिहासमा पहिलो जित हात पारेको हो ।
नेपालले जितको
लागि ११६ रनको लक्ष्य पछ्याएकोमा उक्त लक्ष्य १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न
सफल भयो । नेपालको जितमा ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकासहित नट आउट ७२ रनको
योगदान गरिन ।
- न्युज बहार संवाददाता