Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालको शानदार जित, कप्तान रोहित पौडेलको शतकिय पारी

  •   २ वर्ष अघि | १५ बैशाख २०८१, शनिबार

बैशाख १५, काठमाडौँ । नेपालले पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । आज शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो ।

वेस्ट इन्डिजले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरेको हो । 

आजको खेलमा कप्तान रोहित पौडेलले नेपालका लागि शानदार शतकीय पारी खेले । उनले ५४ बलमा १० चौका र ६ छक्काको सहयोगमा सर्वाधिक १ सय १२ रन बनाएका हुन ।

  • न्युज बहार संवाददाता

थप