असोज १०, काठमाडौँ । मंगोलियाविरुद्ध नेपाली
क्रिकेट टोलीले कीर्तिमानी जित हात पारेको छ ।
आज मंगलबार
बिहान चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको खेलमा मंगोलियालाई नेपालले २७३
रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो ।
नेपाली ब्याटर कुशल मल्ल र दीपेन्द्रसिंह
ऐरीको किर्तिमानी ब्याटिङमा नेपालले कीर्तिमानी जित दर्ता गरेको
हो ।
मंगोलियाविरुद्ध नेपालले ३१४ रनको
लक्ष्य खडा गरेको थियो । ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाएर
अलआउट हुनपुग्यो ।
मंगोलियालाई
१३ ओभरमा आउट गर्न नेपालका तर्फबाट नेपाली बलर सन्दीप लामिछाने, अविनाश बोहोरा र करण
केसीले समान २/२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सोमपाल कामीले समान
एक/एक विकेट लिन सफल भए ।
१
अक्टोबरमा समूह चरणको अर्को खेल माल्दिभ्स र नेपालबीच हुनेछ ।
- न्युज बहार संवाददाता