साउन ४, काठमाडौँ। २०२३ को एसिया कपमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ।
भदौ १३ गते नेपाल र पाकिस्तानबीचको खेल पाकिस्तानको मुल्तानमा हुने भएको छ।
एसिया कपमा पाकिस्तान र नेपालसहित भारत समूह ‘ए’ मा रहेका छन।
त्यसैगरी भदौ १८ मा नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ भने यो खेल श्रीलंकामा हुनेछ।
भदौ १६ मा भने श्रीलंकामा भारत र पाकिस्तान भिड्ने भएका छन।
- न्युज बहार संवाददाता