साउन १, काठमाडौँ । आज नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेल भारतको टिम ए सँग खेल्दै छ। एसीसी इमर्जिङ टिम्स एसिया कप अहिले श्रीलंकामा जारी रहेको छ।
आजको खेलमा डे नाइट दुबैमा खेलाइने भएको छ। आजको खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । नेपाली समय अनुसार खेल दिउँसो २ बजे सुरु हुने जनाइएको छ ।
- न्युज बहार संवाददाता