Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एसिया कपमा विश्वको नम्बर एक टिमसँग डेब्यू खेल खेल्दै नेपाल, बुधबार पहिलो खेल हुदै ।

  •   ३ वर्ष अघि | १२ भदौ २०८०, मङ्लबार

भदौ १२, काठमाडौँ । एसिया कपमा खेल भोली (बुधबार) बाट सुरु हुन गइरहेको छ । नेपालले एसिया कपमा डेब्यू गर्दै गर्दा भोली विश्वको नम्बर एक टिम पाकिस्तानसँग उद्‌घाटन खेल खेल्नेछ। 

नेपालको लामो समयदेखि पाकिस्तानसँग खेल्ने लक्ष्य भोलीको पाकिस्तानको मुल्तानमा हुने खेलमार्फत् पूरा गर्दैछ। नेपाली समयअनुसार दिउँसोको सवा तीन बजे खेल हुँदैछ।

आइसिसी वरीयता अनुसार पाकिस्तान हाल नम्बर एक टिम हो। भर्खरै भएको अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज ३-० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्वको नम्बर एक टिम बनेको हो । 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि भने बल्ल पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएको छ ।

एसिया कप २०२३ का खेलहरु ५० ओभरको हुनेछन् भने सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप अहिले हुन लागेको हो।

  • न्युज बहार संवाददाता

थप