कार्तिक १४, काठमाडौँ । मलेसियालाई टी–२० विश्वकप छनोट खेलमा हराउँदै नेपाल
सेमिफाइनलमा प्रवेश गरेको छ ।
मलेसियाले आजको
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको थियो । मलेसियाले पहिल ब्याटिङ गरेर नेपाललाई १६६ रनको लक्ष्य दियएको थियो । नेपालले
सो लक्ष्य १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको हो । कुशल मल्ल र कुशल
भुर्तेलले नेपालका लागि आक्रामक ब्याटिङ गरेका छन ।
मल्लले ३४
बलमा २ चौका र ७ छक्कासहित ६५ रन बनाएका छन भने ओपनर भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३
रन बनाएका छन ।
- न्युज बहार संवाददाता