Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

जारी आईपीएलमा मुम्बइ इन्डियन्सको लगातार तेस्रो हार

  •   २ वर्ष अघि | २० चैत्र २०८०, मङ्लबार

चैत २०, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बइ इन्डियन्सले लगातार तेस्रो हारको सामना गरेको छ । पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्ले हार्दिक पान्ड्याको कप्तानीमा  यस पटकको सुरुवाती ३ खेलमा लगातार हारको सामना गरेको हो ।

सोमबार राति भएको राजस्थान रोयल्ससँगको खेलमा मुम्बइ ६ विकेटले पराजित भयो । यो सँगै मुम्बइ एकल टोली हो जारी आईपीएलमा जितविहीन रहेको छ ।

राजस्थानले जितको लागि १२६ रनको सामान्य लक्ष्य पाएको थियो । उक्त लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । राजस्थानका लागि रियान परागले ३९ बलमा ५ चौका र ३ छक्कासहित नट आउट सार्वाधिक ५४ रन बनाउन सफल भए । 

  • न्युज बहार संवाददाता

थप